तस्करी नियन्त्रणको नाममा सर्बसाधारणलाई दुख दिदै सशस्त्र प्रहरी

पढ्न छुटाउनुभयो ?

spot_img

राम कुशवाहा
बिरगंज ४ बैशाख ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बल १३ न गणका सशस्त्र प्रहरीले सर्बसाधारणलाई दुख दिइरहेको पाइएको छ । भारतिय शहर रक्सौल बाट घर पसलको लागि एक बोरा दुई बोरा चामल खरिद गरिल्याइरहेको स्थानीयको चामल खोसेर भन्सार बुझाइदिएको सर्बसाधरणको गुनासो बढेको छ । सिमामा खटेको सशस्त्र प्रहरीले एक दुई बोरा चामल ल्याउन दिएपनी सशस्त्र प्रहरी सिमा सुरक्षा बल १३ न गणको टोलिले चामल समातेर गणमा बुझाएको बिरगन्ज महानगरपालिका वडा न ११ श्रीपुर घर भइ मनवा बजारमा पसल थापेका एक जना पिडितले गुनासो गरेका छ्न । बिरगन्ज बाट जितपुर हुँदै मनवा बजार गइरहेको मैजिक गाडी बाट तीन बोरा चामल झारेर सशस्त्र प्रहरीले १३ न गणमा बुझाएको उनले भने । त्यसतै जितपुर घर भएकी ६९ बर्षकि एक वृद्ध महिलाले आफ्नो सानो पसलको लागि दुई बोरा चामल र १० किलो चिनि लिएर गइरहेको थिए सशस्त्र प्रहरीले समातेर गणमा बुझाएको बताइन । जिविको पारजनका लागि वृद्ध अवस्थामा खुटामा चप्प्ल समेत नभएका ती महिलाले रक्सौलबाट दुई बोरा चामल र १० किलो चिनी खरिद गरि आफ्नो पसलमा बेचनको लागि लगि रहेको अवस्थामा सशस्त्र प्रहरीले समातेर दुख दिइरहेको बताइन । बोडर एरियामा हुने चोरी तस्करी नियन्त्रण गर्न आवस्यक छ तर सर्ब साधारणले आफनो घर पसलको लागि ल्याएका थोरैमात्राको सामान पनि तस्करीकै लागि लगेको भनी पक्राउ गर्नु मुनासिब नभएको बिरगंज महानगरपालिका वडा न २० का वडा अध्यक्ष राम किशोर सिङ परागले बताउनु भयो । यस सम्बन्धमा माथिलो निकायको ध्यान जान अति आवश्यक देखिएको छ ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img