बाराबाट २ सय ३० किलो गाजासहित एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

spot_img

बारा ६ बैशाख ।
जिल्ला प्रहरी कार्यालय बाराले ठुलो मात्रामा प्रतिबन्धित लागू औषध गाजा सहित एकजनालाइ पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक नवीन राइको कमान्डमा खटेको प्रहरी टोलिले जिल्ला बारा पचरौता नगरपालिका वडा न. ४ इनर्वाबाट ( पन्ध्र पोका ) २ सय ३० किलो गाजा सहित एकजना पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । प्रतिबन्धित लागू औषध गाजा सहित पक्राउ पर्नेमा जिल्ला रौतहट फतुवा बिजयपुर नगरपालिका वडा न. ४ टेग्राहा बस्ने बर्ष २३ को चन्दन पासवान रहेको जिल्ला प्रहरी बाराको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । जुटको बोरामा गाजा राखी लिएर गइरहेको अवस्थामा प्रहरीलाई देखि भाग्न खोज्दा १ राउन्ड गोलि हवाई फायर गरि निज पासवानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको गाजालाइ नस्ट गरि पासवानमाथी लागू औषध सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि कार्यवाही प्रक्रिया अगाडि बढाइने बारा प्रहरीले जनाएको छ ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img