सशस्त्र प्रहरी सीमा सुरक्षा बलकै संरक्षणमा पर्साबाट तस्करी मौलायो

पढ्न छुटाउनुभयो ?

spot_img

बिरगंज ८ बैशाख । सीमा सुरक्षा र राजस्व छली नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलकै संरक्षणमा अहिले तस्करी मौलाएको छ । सीमा सुरक्षा कार्यालयको जिम्मा लिएको सशस्त्र प्रहरी नै तस्करहरुबाट लाभ लिएर भन्सार छली गरी सामान भित्र्याउन छुट दिइरहेको पाएको हो ।
भारतीय सीमा क्षेत्रबाट भन्सार र प्रहरीकै संरक्षणमा खुलेआम तस्करी भइरहेको स्थानीयबासीहरुले बताएका छन ।
जिल्लाको दक्षिण भारतीय सीमानाका रक्सौलबाट सशस्त्र प्रहरीकै संरक्षणमा अवैध सरसमानहरुको ओसारपसार मौलाएको स्थानीयहरुको आरोप छ ।
सशस्त्र प्रहरीले दिएको ग्रीन लाईनमा अवैध ओसारपसार, तस्करी, राजस्व छलीमा वृद्धि भएको प्रत्यक्षदर्शीहरुको जिकिर छ ।
भारतीय बजार संग जोडिएको रक्सौल नाकाबाट कपडा , किराना, ईलेक्ट्रोनिक्स कस्मेटिक हार्डवेयर सामान, खाद्यान्न, प्रतिबन्धित चल्ला देखि सुर्तीजन्य पदार्थ, लत्ताकपडाको तस्करी मौलाएको प्रहरी स्रोतले जनाएको छ ।
सीमा नाकाहरुमा सशस्त्र प्रहरी रहे पनि बिना भन्सार मालसामान भित्रिनुले पनि यो कुराको पुष्टी गरेको छ ।
गत बैशाख ६ गते सोही नाकाबाट बिना भन्सार भित्रिएको अनुमानित एक करोड २० लाख बराबरको कपडा नेपाल प्रहरीले गोदामबाट छापामारी गरी बरामद गरेको कुरा अहिले जिल्लामा नै चर्चाको बिषय बनेको छ ।
तर राजस्व छली नियन्त्रणको चुहावट रोक्न जिम्मेवारी पाएको सशस्त्र प्रहरीले तस्कहरुको मिलोमतोमा तस्करी गराउनु अर्थमन्त्री बर्षमान पुनलाई चुनौति दिएको छ ।
स्रोतका अनुसार सशस्त्र प्रहरी र तस्करहरु बिच लेनदेनको कुरा नमिनेपछिसशस्त्र प्रहरीले तस्करको गोदाम छापामारी गरेको कुरा प्रष्टै हेर्न मिलेको छ ।

यस्तै सोही नाकाबाट भित्रिएको समान रहेको दुर्गा र पशुपति ट्रान्सपोर्टमा शनिबार बिहान सशस्त्र प्रहरीले छापामारी गर्दा केहि सिमित पत्रकारलाई मात्र जानकारी गराएको कुराले रहस्यको बिषय बनेको छ ।
सशस्त्र प्रहरीले एका तिर तस्करी गराउने र अर्को तिर गोदाम छापामारी गरी तस्करी नियन्त्रण गरेको नाटक मन्चन गरेर देखाउन खोजेको आरोप समेत लागेको छ ।

केहि दिन अगाडी कै कुरा गरौ भने जिल्लाको तिलावे पुल नजिकबाट जिल्ला प्रहरी कार्यलय पर्साको टोलीले एक ट्याक्टर धान लोड गरी लगदै गरेको अवस्थामा नियन्त्रण लिएको थियो । अनुसन्धानको क्रममा उक्त धान भारतबाट भित्रिएको कुरा पर्सा प्रहरीले पत्रकर सम्मेलन गरी नै जानकारी गराएको थियो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले सिमानाकामा चेकिङ्ग टोली खटाई सर्वसाधारणलाई विभिन्न किसिमको चेकजाँचको बहानामा दुःख दिई तस्करीमा कडाई गरेको ढोल पिटेर वीरगंज केही नाकाहरुमा तस्करीमा कडाई गरेको नाटक गरि नाकाहरुबाट व्यापकरुपमा तस्करी लाईन दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक कर्माचार्यले कार्यभार सम्हालेको केहि दिन नबित्दै पर्सामा व्यापकरुपमा तस्करी गराएको नाम नछाप्ने शर्तमा एक प्रहरीले बताएका छन ।
यता सशस्त्र प्रहरी उपरिक्षक कर्माचार्यले जिल्लामा तस्करी नभएको दाबि गरेका छन । उनले कुनै प्रहरीको मिलोमतोमा तस्करी भईरहेको प्रमाण भेटिएको खण्डमा तत्काल कारवाही गरीने बताए ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

Рейтинг преданных Онлайн Казино самые Топ Клубы европ

Рейтинг преданных Онлайн Казино самые Топ Клубы европыЛучшие Онлайн Казино Рейтинг Топ Казино Для ИгрыContentОнлайн Казино Gametwist на Компьютере...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img