काठमाडौ ०९ जेठ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप यादवले बुधवार दिउँसो काठमाडौँस्थित देशकै ठूलो वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा छड्के अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा मन्त्री यादवले त्यहाँ उपचाररत बिरामी, कुरुवा, चिकित्सक र अन्य स्वास्थ्यकर्मी कर्मचारीसँग कुराकानी गर्नुभयो र उनीहरूले भोगिरहेका समस्याहरूको बारेमा जानकारी लिनुभयो।

बिरामी र स्वास्थ्यकर्मीहरूको गुनासो र समस्याहरू सुनेपछि मन्त्री यादवले वीर अस्पतालका अपकुलपति र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुखलाई गुनासो सम्बोधन गर्दै समस्या समाधान गर्न निर्देशन दिनुभयो। साथै, अस्पतालहरूमा देखिएको जनशक्ति अभाव र अन्य पूर्वाधार समस्याहरू समाधान गर्न मन्त्रालयका सचिव र कर्मचारीहरूलाई पनि गृहकार्य सुरु गर्न निर्देशन दिनुभएको छ।

मन्त्री यादवले अनुगमन पश्चात् समस्याहरूको समाधानका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय