काठमाडौं, । नेपाल सरकारसमक्ष विभिन्न १८ बुँदे मागसहित वैशाख २४ गतेदेखि आमरण अनसनमा रहेका राष्ट्रिय संयुक्त सङ्घर्ष समितिका ९ जना प्रतिनिधिहरूले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप यादवको हातबाट जुस सेवन गरी आफ्नो अनसन तोडेका छन्। अनसनरत पक्ष र नेपाल सरकारबाट गठन गरिएको वार्ता टोलीबीच सौहार्दपूर्ण वार्तामा अधिकांश मागहरूलाई समाधान गर्ने सहमति भएपछि अनसन तोडिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले वार्तामा सीमित पक्षबाट उठान गरिएका मागहरू प्रति सरकार गम्भीर रहेको र ती मागहरूलाई आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समावेश गरिसकिएको जानकारी दिए।

सरकार र राष्ट्रिय संयुक्त सङ्घर्ष समितिबीचको सहमति अनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा समाधान गर्ने कार्य योजना बनाउन दुबै पक्षबाट सहभागी हुने गरी कार्यदल गठन गर्ने निर्णय भएको छ।

यो सहमति पश्चात अनसनरत प्रतिनिधिहरूले १७ दिन लामो अनसनलाई अन्त्य गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय