काठमाडौ २१ जेठ ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत पर्ने भक्तपुरस्थित दुवाकोटमा निर्माण हुने विस्तारित वीर अस्पतालको जग्गाको अवलोकन गर्दै स्थानीयहरूसँग छलफल गरेका छन्। अवलोकनका क्रममा विस्तारित अस्पतालका स्वीकृत निर्माण कार्यलाई अगाडि बढाउन निर्देशन दिए।

त्यस्तै, त्यहाँ हाल सञ्चालनमा रहेको आधारभूत क्लिनिकमा अन्य आवश्यक सुविधाहरू थप्दै सेवाको गुणस्तरलाई बढाउँदै जान पनि मन्त्री यादवले निर्देशन दिए। यस क्रममा मन्त्रालयका कर्मचारीसहित न्याम्सका उपकुलपति, निर्देशकलगायत उपस्थित थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय