वीरगन्ज ,२६ जेठ ।

वीरगन्जमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी युनिट युवा क्लब श्रीसियाले उचालेको छ ।

पर्सा जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा भेट्रान्स सिटि क्लब वीरगन्जलाई युनिट युवा क्लबले ३-० गोलअन्तरले पराजित गरेको हो ।

आदर्शनगर खेल मैदान भएको फाइनल खेलमा खेलको ८ औं मिनेटमा भेट्रान्स सिटि क्लबका रवि चौधरीले पहिलो गोल गरे ।

सुरु देखि रोमाञ्चक बनेको खेलमा भेट्रान्स सिटि क्लबका खेलाडीले आफैले आत्मघाती गोल गरेर बराबरीमा पुर्याए । युनिट युवा क्लबका खेलाडी २५ औं मिनेटमा सुनिल गुरुङले आफ्नो टिमको लागि दोस्रो गोल गरेका हुन् ।

दोस्रो गोल गरेको युनिटी युवा क्लबले खेलको २६ औं मिनेटमा दोस्रो गोल खाएको हो । उक्त गोल भेट्रान्स सिटि क्लबका रवि चौधरीले गरे ।
दुई – दुई गोलको बराबरीमा पुगेको खेलमा २९ औं मिनेटम युनिटी युवा क्लबका रेमन डंगोलले गरे । आजको खेलमा म्यान अफ दि म्याद युनिटि युवा क्लबका रेमन डंगोलले घोषित भए ।
लिगका विजेता र उपविजेता टिमले शिल्ड ,मेडल र प्रमाणपत्र पाएका थिए । पर्सा जिल्ला फुटबल संघ पर्साका अध्यक्ष रोसन कलवारको अध्यक्षता भएको समापन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह , अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका महासचिव दिपक साह , नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारा,नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव , भेट्रान सिटि क्लब वीरगन्जका अध्यक्ष सबिन बस्नेत , उपाध्यक्ष सागर राणा , लगायतकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण पर्सा जिल्ला फुटबल संघका महासचिव बिनोद परियारले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष पंकज श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय