द मधेश टाइम्स
बारा १२ साउन ।
बारा जिल्लाको परवानिपुर गाउपालिका वडा न ५ मा रहेको एल.एस. न्यूरो एन्ड जेनरल होस्पिटलमा कन्सलटेन्ट न्यूरोलोजिस्ट डाक्टर सञ्जीव कुमार झा आएसगै उपचार सेवामा थप टेवा पुगेको छ। डाक्टर झा. यसअघि काठमाडौंको अन्पुर्णा होस्पिटल, पोखरा, र नेपालगन्जको प्रतिष्ठित मेडिकल कलेजमा न्यूरो कन्सलटेन्ट प्रमुख रहि ५ बर्ष अस्पतालहरूमा सेवा पश्चात्  बारा परवानीपुर ५ मा रहेको एल.एस.न्युरो एन्ड जेनरल होस्पिटलमा अब सेबा दिइ राखेका छ्न ।

डाक्टर झाले एल.एस. न्यूरो एन्ड जेनरल होस्पिटलमा काम सुरु गरेसँगै, अस्पतालको न्यूरोसर्जरी, डिपार्ट्मेन्ट टिमको साथमा अझ भर्पर्दो सेबा प्रदान हुदैछ । अस्पतालमा संचालनमा रहेको हाडजोर्नी नशारोग सर्जरी, नेपाल सरकार बाट बिपन्न नागरिकको लागी प्रदान गरिने नि:शुल्क हेमोडाईलाईसिस तथा नेपाल सरकारले प्रदान गर्ने निशुल्क आमा सुरक्षा कार्यक्रम लगायतका अन्य सेवाहरु विशेषज्ञ चिकित्सकको टोलिद्वारा सेवाहरूमा उत्कृष्टता सेवाहरु संचालमा रहेको डाक्टर झाले बताए । मधेस प्रदेशबाट न्युरो सम्बन्धी बिरामीहरूलाई अब काठमाडौ वा बाहिर भारत तर्फ जान नपर्ने, अब हाम्रो अस्पतालमै उच्चस्तरीय र गुणस्तरीय सेवा उपलब्ध हुने कुरामा उनले जोड दिएका थिए।
यसले बारा,पर्सा रौतहट,सर्लाही,महोत्तरी साथै भारतको विभिन्न ठाउको जनताका लागि ठूलो राहत एल.एस.न्युरो एन्ड जेनलर होस्पिटलले सेवा पुर्याएको छ।

डाक्टर झा. अस्पतालमा २४औ घन्टा सेवा प्रदान भैईरहेको डाक्टर झाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय