
पर्सा, वीरगञ्ज – लागु औषध चरेश मुद्दामा २० वर्षदेखि फरार रहेका वीरगञ्ज महानगरपालिका–१६, नगवा निवासी ४१ वर्षीय चन्दन कुमार रौनियारलाई प्रहरीले पक्राउ गरेको छ।
पर्सा जिल्ला अदालतले २०६१ असार १३ गते उनको विरुद्ध २ वर्ष ७ महिना कैद र रु. १०,००० जरिवानाको फैसला सुनाएको थियो। तर, फैसला कार्यान्वयन हुनुअघि नै फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले २०८१ माघ १७ गते दिउँसो १ बजे वीरगञ्ज–१६, नगवा क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।
यसै क्रममा, जिल्ला अदालतको विभिन्न फैसलाअनुसार कैद तथा जरिवाना तोकिएका अन्य १२ जना फरार प्रतिवादीलाई पनि विशेष टोलीले माघ १७ र १८ गते पक्राउ गरी अदालतमा बुझाएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी सुवास भट्टले जानकारी दिए।
प्रहरीले फैसला कार्यान्वयनलाई तीव्रता दिँदै आएको छ।