
बिरगंज १ फागुन ।
बीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (ने.वि.सं) द्वारा आयोजित वृहत् विद्यार्थी भेला सम्पन्न भएको छ। उक्त भेलाले राहुल दासलाई ठाकुर राम बहुमुखी क्याम्पस इकाईको अध्यक्ष पदमा चयन गरेको छ।
नेपाल विद्यार्थी संघको विधान २०७७ को सातौं संशोधन २०७५ तथा संगठनात्मक कार्यान्वयनको निर्देशन बमोजिम राहुल दासलाई इकाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो। संघले दासलाई संघीय विधान र मर्यादाभित्र रही संगठनलाई गतिशील बनाउँदै विद्यार्थी हकहितका लागि काम गर्ने निर्देशन दिएको छ।
भेलामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो भने संघका विभिन्न नेताहरू, शिक्षाविद्, तथा विद्यार्थी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। राहुल दासको अध्यक्षतामा क्याम्पसमा विद्यार्थी अधिकार, शैक्षिक सुधार, तथा संगठनात्मक सशक्तिकरण अझ प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास लिइएको छ।
नेपाल विद्यार्थी संघका नेताहरू तथा शुभेच्छुकहरूले राहुल दासलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन्।