बीरगंज, २४ फागुन – दोस्रो वीरगञ्ज गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ। शुक्रबार भएको फाइनल खेलमा पुलिस क्लबले मच्छिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गर्दै उपाधि उचालेको हो।

साविक विजेता नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक उपाधि जित्दै ११ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो। उपविजेता मच्छिन्द्र क्लबले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो।

नेपाल पुलिस क्लबका राम वागे प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए र स्कुटी जित्न सफल भए। पुलिस क्लबकै अमित टमाटालाई उत्कृष्ट गोलकिपर घोषित गर्दै २० हजार नगद प्रदान गरियो। उत्कृष्ट प्रशिक्षकको उपाधि पुलिस क्लबका चेतन घिमिरेले प्राप्त गर्दै २० हजार नगद जिते।

फाइनल खेलमा मच्छिन्द्र क्लबका समिर राज ठोकर म्यान अफ द म्याच घोषित भए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय