बिरगंज ५ बैशाख ।
पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३ नौका टोलस्थित हुलाकी सडकखण्डमा चेकजाँचको क्रममा प्रहरीले प्रतिबन्धित लागुऔषध NITRAZEPAM ८८६ ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र सेढवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सुवर्णपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १२ प ३१०६ नम्बरको डिस्कभर मोटरसाइकल चेकजाँच गर्ने क्रममा चामलको बोरा भित्र लुकाइ ल्याइएको लागुऔषध फेला पारेको हो।
प्रतिबन्धित लागू औषध सहित पक्राउ पर्नेमा जिराभवानी गा.पा–५ हरैया टोल निवासी दिलिप प्रसाद राय र राजबिध्या प्रसाद थारु रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।








