बिरगंज १७ पौष ।
मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा पर्सा जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य श्याम पटेल नियुक्त हुनुभएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन अन्तर्गत उहाँलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो।
नवनियुक्त मन्त्री पटेलले प्रदेशको भूमि व्यवस्थापनलाई व्यवस्थित बनाउने, कृषि क्षेत्रको आधुनिकीकरण गर्ने तथा सहकारी संस्थाहरूलाई पारदर्शी र प्रभावकारी बनाउने प्राथमिकता रहेको बताउनुभएको छ। उहाँले किसानमैत्री नीति, उत्पादन वृद्धि, बजार पहुँच र सहकारीमार्फत आर्थिक सशक्तीकरणमा विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रदेश सरकारका अनुसार मन्त्री पटेलको अनुभव र सक्रियताले मधेस प्रदेशको कृषि तथा सहकारी क्षेत्रलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय