वीरगंज, २४ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौंमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

वडा कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का अकतर मियाँ पवरीयाको नेतृत्वमा सय जनाभन्दा बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। एमालेमा प्रवेश गर्नेहरूमा कनवर मियाँ मन्सुरी, राजवंशी साह कानु, उमेश सहनी, शिवपुजन साहलगायत रहेका छन्।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीका किशुनदेव यादवको नेतृत्वमा एक दर्जनभन्दा बढी कार्यकर्ताले पनि एमालेमा प्रवेश गरेको एमाले वीरगंज महानगर लेखा समिति संयोजक अजय साहले जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले पर्सा क्षेत्र नम्बर २ की एमाले उम्मेदवार रिमा कुमारी यादवलाई विजयी गराउने प्रतिवद्धता व्यक्त गरेका थिए। वक्ताहरूले यस क्षेत्रबाट निर्वाचित सांसद तथा मन्त्रीहरूले अपेक्षित विकास गर्न नसकेको भन्दै यसपटक परिवर्तन आवश्यक रहेको बताए।

वक्ताहरूले जेन–जी आन्दोलन र जनचाहनाअनुसार एमालेले युवा तथा महिला उम्मेदवार अघि सारेको उल्लेख गर्दै सबै मिलेर उम्मेदवार यादवलाई विजयी गराउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, एमाले मधेश प्रदेश उपाध्यक्ष तथा वीरगंज महानगर इन्चार्ज विचारी यादव, वीरगंज महानगरपालिकाका कार्यवाहक अध्यक्ष इलयाकत अली, लेखा समिति संयोजक अजय साह, नेता मुकेश द्विवेदी, क्षेत्रीय अध्यक्ष मनोज कुशवाहा, वीरगंज–१७ का वडा अध्यक्ष संजिव छतकुली, वडा नम्बर २४ का वडा अध्यक्ष विजय कुर्मी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय