चितवन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आम मतदातालाई सक्रियतापूर्वक मतदान गर्न अपिल गरेका छन् । मुलुकको स्थायित्वका लागि मतदाताको सक्रियता आवश्यक रहेको भन्दै उनले मतदान नछुटाउन आग्रह गरेका हुन् ।

असहज परिस्थितिमा भएको निर्वाचन सफल पार्ने  दायित्व  सबैको रहेको उनले  बताए । ”जति धेरै उपस्थितिमा निर्वाचन अघि बढ्छ त्यसले स्थायित्वको पक्षमा दिने नतिजा त्यतिनै महत्वपूर्ण छ,’’ उनले भने,’’मुलुकको स्थायित्व र समृद्धिका लागि यो निर्वाचन सफल हुन गएको छ ।’’

प्रचण्डले नयाँ र पुरानो भाष्यमा आधारित नभएर स्थायित्वको पक्षमा उभिएको शक्ति पहिचान गर्दै मतदान गर्न अपिल गरे । निर्वाचन निष्पक्ष र स्वच्छ ढंगले सम्पन्न हुनुपर्ने उनले बताएका छन् ।

प्रचण्डले चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुलमा रहेको मतदान केन्द्रमा मत खसालेका छन् । मतदानपछि उनी हेलिकप्टरमार्फत उमेदवारी दिएको क्षेत्रतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय