समाचार:
भारतका विभिन्न स्थानबाट पाँच जना नेपाली नागरिकको उद्धार गरी स्वदेश फिर्ता गराइएको छ। प्राप्त जानकारी अनुसार दिल्ली पुलिस, नेपाली राजदूतावास तथा KIN India को समन्वय र सक्रियतामा उनीहरूलाई सुरक्षित रूपमा उद्धार गरी नेपाल ल्याइएको हो।

उद्धार गरिएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रोहवरमा परिवारको जिम्मा लगाइएको छ। मानव बेचविखन अनुसन्धान ब्यूरोको जानकारी तथा समन्वय अनुसार भारतको दिल्लीस्थित महिपालपुरको कैलाश होटलबाट पनि एक नेपालीलाई दिल्ली पुलिस, नेपाली राजदूतावास र KIN India को सहयोगमा सुरक्षित रूपमा उद्धार गरी स्वदेश फिर्ता गरिएको हो। नेपाल ल्याइएपछि उनीहरूलाई मानव बेचविखन अनुसन्धान ब्यूरोमा उपस्थित गराइएको थियो।

उनीहरू उपस्थित भएसँगै ठगी तथा मानव बेचविखनमा संलग्न व्यक्तिविरुद्ध जाहेरी दिन र कानुनी कारबाही अगाडि बढाउन KIN India को नेपालस्थित ग्लोबल संयोजक इन्द्रराज भट्टराईको टोलीले थप सहयोग गरिरहेको छ।

यसैबीच, बाल विवाह रोकथाम अभियानमा सक्रिय सगरमाथा आरोही कल्पना महर्जन पनि पछिल्लो समय मानव बेचविखन विरुद्धको सचेतना तथा उद्धार अभियानमा सक्रिय रहँदै आएकी छन्। उनले विश्वको सर्वोच्च शिखर सगरमाथाबाट बाल विवाह विरुद्धको अभियान उद्घोष गरेपछि KIN India को ग्लोबल एम्बेसडरको जिम्मेवारी सम्हाल्दै मानव बेचविखन विरुद्धको अभियानमा समेत संलग्न हुँदै उद्धार कार्यक्रमलाई सहयोग गरिरहेकी छन्।

उद्धार कार्यमा शुभ अवसर ग्राम नेपालको सहयोग रहेको थियो भने शान्ति शिक्षा अभियान नेपालले पनि सहकार्य गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय