राजन कुमार बानिया
पोखरिया २४ जेठ । पर्सा जिल्लाको ग्रामिण नाकाहरु बाट व्यापक मात्रामा पेट्रोलियम पदार्थको तस्करी बढेको छ । ग्रामिण नाकाहरु जानकिटोला, पाण्डेपुर, टिहुकि, बुढगाई, भिस्वा सबैठवा,धोरे, प्रशौनीभाठा,अमरपटी पिपरडारी, बलुवा, बिजयबस्ती ठोरी ,श्रीसिया, लगायत नाका बाट व्यापक मात्रामा खुल्याम पेट्रोलियम पदार्थको तस्करी भईरहेको छ । सिमावर्ती क्षेत्रमा रहेको ईसलाम आयल स्टोर धोबनी, सिंह आयल स्टोर जानकिटोला,बिसमिला अयल स्टोर महिहानी, समानी आयल स्टोर लंगडी, सरस्वती आयल स्टोर पकहामैनपुर, नेवा आयल स्टोर बिजयबस्तीमा रहेको पेट्रोलियम पदार्थका डिलहरुले नेपाल आयल निगमको रेट भन्दा २ रुपया बढी रेट लिएर भारततर्फ तस्करी गराईरहेका छन । जानकिटोलामा रहेको सिंह आयल स्टोर, ईसलाम आयल स्टोर धोबनी , र बिसमिला आयल स्टोर मसिहानीले दिनभरी बन्द गरिराखेको र रात भरी खुल्ला रुपमा तस्करी गराई रहेको छ । पेट्रोलियम पदार्थको तस्करी नेपाली एव भारतिय तस्करहरुले साईकल, मोटरसाईकल, ट्रेक्टरमा सिमावर्ती क्षेत्रमा लगेर नेपाल प्रहरी अमरपटी,जानकिटोला, पाण्डेपुर बिजयबस्ती पिपरडारी बलुवा, टिहुकी, बुढगाई भिस्वा,सबैठवा,धोरे ,प्रशौनीभाठा प्रहरी चौकी, र सशस्त्र प्रहरी भिखमपुर, भिस्वा ,सोवर्णपुर, ठोरी सबैठवा,पकहामैनपुर,ईटियाही अमरपटी, लगायतका बेस केम्पहरुले नजराना लिएर भारत तरफ पेट्रोलियम पदार्थको तस्करीमा सहयोग गर्दै आईरहेका छन ।

स्रोतका अनुसार प्रहरीहरुले नेपाल बाट पेट्रोल र डिजल भारत तर्फ तस्करी गराउनको लागि ३ हजार देखि १० हजार सम्म महिनावारी लिने गरेको स्रोतको दाबी रहेको छ । ग्रामिण नाकाहरु बाट प्रत्येक दिन एक हजार भन्दा बढी साईकिल र मोटरसाईकिल मा गिलन बांधेर र ड्रममा तस्करी गराईरहेका छन । साईकल र मोटरसाईकिलमा एक पटकमा १५० लिटर देखि २५० लिटर लोड गरी भारततर्फ पेट्रौल र डिजल लगिरहेको स्थानियहरुले जानकारी दिए । ग्रामिण नाकाहरुबाट प्रत्येक दिन हजारौ लिटर पट्रेल र डिजलको तस्करी भईरहेको छ । पेट्रोलियम पदार्थको तस्करी भारत तर्फ हुदा नेपाली जनताहरुले मारमा परिरहेका छन । नेपाल बाट पेट्रोल र डिजलको तस्करी गरी भारतिय सिमावर्ती बजार सिकटा, मैनाटाड,ईनार्वा,भिखनाठोडी,भंगहा, भेलाही ,रकसौल,बजारहरुमा लगेर बेच्ने गरेका छन । नेपाल सरकारले तस्करी रोक्नुको साटो पेट्रोलियम पदार्थको मुल्य बढाएर जन्ताको ढाड सेक्ने काम गरिरहेको छ । ग्रामिण भेगमा अहिले खेति पातीको समयमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । डिलरहरुले तस्करी गराई रहेको कारण किसानहरुलाई समस्या भईरहेको छ । पेट्रोलियम पदार्थको भारत तर्फ तस्करी भईरहेको जानकारी पर्साका निमित सिडिओ नेत्र प्रसाद शर्मा संग जानकारी दिदा यसको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साको एसपी रेवतीढकाललाई भनिसकेको छु र तस्करी रोक्न आफु पनि लागिपरको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय