वीरगंज जेष्ठ २४ ।
वीरगंजमा अवैध रुपमा संचाललित शैक्षिक परामर्श केन्द्रहरुमाथि शिक्षा मन्त्रालयले कारवाही गर्ने भएको छ । वीरगंजमा संचालित अधिकांश शैक्षिक परामर्श केन्द्रहरु अवैध रुपमा संचालन भएको सम्बन्धी जानकारी शिक्षा मन्त्रालयलाई प्राप्त भएपछि शाखा अधिकृत तारानाथ निरौलाको नेतृत्वमा खटिएको अनुगमन टोलीले आज वीरगंजमा स्थलगत निरिक्षण गरी फर्किएको छ । वीरगंजमा संचालित अधिकांश शैक्षिक परामर्श केन्द्रहरुले शिक्षा मन्त्रालयको ईजाजत बिना नै कार्यालय संचालन गरी परामर्श दिने गरेको र यस्ता केन्द्रबाट विद्यार्थीहरु ठगिने हु“दा त्यस्तालाई आवश्यक कारवाही गर्न मन्त्रालयले अनुगमन टोली खटाएको हो । टोलीले बारा, पर्सा, रौतहट, मकवानपुर, चितवन लगायतका जिल्लाहरुमा अनुगमन गर्ने र अनुगमनको क्रममा मन्त्रालयको ईजाजत बिना गैर कानुनी तरिकाले संचालित शैक्षिक परामर्श केन्द्रहरुलाई कडा कारवाहीको लागि शिक्षा मन्त्रालयमा सिफारिस गर्ने अनुगमन टोलीका प्रमुख निरौलाले बताउनु भयो । हाल वीरगंजमा च्याउ झैं उम्रिएका शैक्षिक परामर्श केन्द्र मध्ये ३ – ४ वटाले मात्र शिक्षा मन्त्रालयबाट ईजाजत लिएर संचालन गरेको निरौलाले खुलासा गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय