वीरगंज, जेष्ठ २५ – जनता-मेयर-आमने-सामने कार्यक्रमको चौथो शृंखला शुक्रबार वीरगंज महानगरपालिकाको वडा नं. २६ सुगौलिविर्तामा सम्पन्न भएको छ । वडा-वडामा पुगेर जनता संग प्रत्यक्ष भेटघाट गरि समस्या बुझ्न नगर प्रमुख विजय कुमार सरावगीले उक्त कार्यक्रम सुरु गर्नुभएको हो ।सुगौलीको मुख्य चोकमा आयोजित जनता-मेयर-आमने-सामने कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले विगत २० वर्ष देखि स्थानीय तहहरु जनप्रतिनिधि विहिन रहेको हुनाले मधेसको अपेक्षित विकास हुननसकेको बताउनु भयो । उहाँले निर्वाचन भन्दा पहिला आफुले वाचा गरे अनुरुप आफुले जनता संग प्रत्यक्ष भेटघाट गर्न उद्द्येश्यले जनता-मेयर-आमने-सामने कार्यक्रम सुरु गरेको जानकारी गराउनु भएको थियो ।
नगर प्रमुख सरावगीले उपस्थित सबै संग आफ्नो सन्तान संग कुनै विभेद नगरी शिक्षा प्रदान गर्न अनुरोध समेत गर्नु भयो । ‘छोरी र छोरा बीच भेदभाव नगरी हामीले आफ्नो छोरीलाई पनि छोरा सरह शिक्षा प्रदान गर्नु पर्दछ, नगर प्रमुख सरावगीले भने, ‘छोरी शिक्षित भए उसले दुईवटा घर शिक्षित बनाउछ, तसर्थ हामि सबैले आ-आफ्नो छोरीलाई पनि कमसेकम स्नातक तह सम्म शिक्षा प्रदान गर्न आवश्यक रहेको छ ।’ वीरगंज महानगरपालिका कार्यालयले नगर क्षेत्र भित्र चलिरहेको विभिन्न विकास निर्माणका कार्यक्रमहरुको बारेमा जानकारी गराउदै सुगौलीविर्ता लगयात महानगरमा गाभिएका विभिन्न ग्रामिण क्षेत्रहरुमा विशेष कार्यक्रमहरु संचालन गरि बढी बजेट छुट्याएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘वीरगंज महानगरपालिकाको प्रथम नगरसभाबाट हामीले सबै भन्दा बढि बजेट अर्धविकासति वडाहरुको लागि छुट्याएका छौं, अर्धविकसित वडाका लागि ५० देखि ६० लाख रुपैया र विकसित वडाका लागि ३५ लाख रुपैया सम्म बजेट छुट्याएको छौं ताकि ग्रामिण क्षेत्रहरुको विकास छिटो र दिर्घकालिन होस् ।’त्यसैगरि नगर प्रमुख सरावगीले सुगौलीको विकासका लागि ३ वटा सडक निर्माणको योजना महानगरपालिकाले ल्याएको बताउनु भयो । उहाँले वीरगंज महानगरपालिकामा पहिलो पटक एकै चोटी ५२ किलोमिटरको सडक निर्माण भईरहेको बताउदै उक्त परियोजना अन्तर्गत गाउँलाई पदम सडक संग जोड्ने सडक निर्माण भईरहेको बताउनु भयो ।सधन शहरी विकास परियोजना अन्तर्गत यस वडामा निर्माण हुने सडकको चौडाई ९ मिटर भएकोले सडक वा प्रति ऐलानी जग्गा अतिक्रमण गर्नेलाई अभिलाम्भ अतिक्रमित जग्गाहरु खालि गरि विकास निर्माणमा सहयोग गर्न अनुरोध गर्नु भयो । उहाँले महानगरपालिकामा १० लाख भन्दा वृक्षरोपण कार्यक्रम हुनगईरहेकोले ऐलानी प्रति जग्गाहरु खालि गरेर वृक्षरोपण गरि महानगरपालिकालाई सफा र हरियो बनाउन अभियानमा सहभागी हुन वडावासीलाई अनुरोध गर्नु भयो ।कृषि योग्य तथा वृक्षारोपण भेओक जग्गामा लाग्ने कर मध्ये ९० महानगरपालिकाले छुट दिने कार्य वीरगंज महानगरपालिकले मात्रै लागु गरेको बताउदै बाँझो जग्गा राख्नेलाई २०० प्रतिसत जरिवाना समेत गरिने चेतवानी समेत दिनु भएको थियो ।