वीरगंज, जेष्ठ २५ – एशियालि बिकास बैकं,नेपाल सरकार र वीरगंज महानगरपालिकाको संयुक्त लगानीमा शिपमुलक ३महिने सुरक्षा गार्डको तालिम सम्पन्न भएको छ ।लघुव्यवसायिक परामर्स केन्द्र प्रा लि चन्द्रनिगाहपुरले वीरगन्जका नगवामा संचालन गरेको उक्त तालिममा पास भएको ५१जना युवकहरुलाइ एक कार्यक्रम बिच नगर प्रमुख विजय कुमार सरावगीले प्रमाण पत्र प्रदान गर्नुभएको छ  । तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले कुनै पनि शिपले रोजगारको सुनिश्चिता गर्ने भएको बताउदै तालिमा पास युवाहरुलाइ उतरोत्तर प्रगतिको कामना गर्नु भयो ।उहाँले नगवाका ५१ले लिएको सुरक्षा गार्डको तालिमले प्राप्त सिटिभिटिको प्रमाण पत्रले  सुरक्षा गार्ड कम्पनि संचालन गर्ने अवसर समेत प्रदान गरेको बताउनु भयो । साथै उहाँले भबिष्यमा रोजगारिको लागी आवश्यक पर्ने सहयोगको लागी आफु सधै त्याररहेको बताउनु  भयो ।बन्सिधर गुप्ताको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन कार्यक्रममा वडा अध्यक्ष श्यामबाबु चौरसिया,वरिष्ट अधिकृत सुमन श्रेष्ट,प्रोजेक्ट मैनेजर शैलेन्द्र श्रेष्ठ,राजिव गीरी लगायतका पदाधिकारीहरुले उतिर्ण प्रशिक्षार्थीहरुहरुलाइ उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय