वीरगंज २९ जेठ ।
विभिन्न समाजिक संजालहरुमा चिठ्ठा परेको भन्दै ठगी गर्ने गिरोहका ४ जनालाई पर्सा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । समाजिक संजाल फेसबुक, हा्यटसप, ईमो, भाईभर जस्ता समाजिक संजाल मार्फत विभिन्न बहाना बनाई सर्वसाधारण जन्तालाई ठग्ने ४ जनालाई वीरगंज महानगरपालिका १५ भेडियाहीबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख रेवती ढकालले पत्रकार सम्मेलन गरी जानकारी दिनु भयो । उनीहरुको साथबाट ठगी गर्ने कार्यमा प्रयोग गर्ने सिम सहितको मोबाईल, नगद र विभिन्न बैंकका एटिएम र भौचरहरु प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं १८ नगवा बस्ने अक्षय कुमार चौरसिया, वडा नं १६ इनर्वा बस्ने युवराज पासवान, वडा नं १९ बस्ने वीरनारायाण चौरसिया र वडा नंं २ रेल्वे रोड बस्ने राहुल कुमार राउतलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक रेवती ढकालले बताउनु भयो । पक्राउ गरिएका ४ जनालाई ठगी मुद्धा चलाउने पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय