बीरगंज २८ असार/ हिन्दू युवाहरुको भेलाले आज हिन्दू युवा परिसद बीरगंज महानगर कमिटि १५ सदस्यीय गठन गरेको छ। युवा परिसद पर्सा जिल्लाका अध्यक्ष अखलेश साहको सभापतित्वमा सम्पन गठन कार्यक्रममा हिन्दू परिसद नेपालको केन्द्रीय अध्यक्ष संतोष पटेलको प्रमुख आतिथ्यमा सम्पन भएको थियो। प्रमुख अतिथि पटेलले हिन्दुत्व रक्षाको लागी परिसद संकल्पित रहेको र संगठित हिन्दू समृद्ध नेपाल महाअभियानमा सहभागी हुन सम्पूर्ण नेपाली दाजुभाई दीदीबहिनी हरुलाई आग्रह गर्नु भयो। संगठन बिस्तार एवं धार्मिक कार्यमा अग्रसर हुन परिसदका सम्पूर्ण अगुवानेता एवं कार्यकर्ता लाई निर्देशन समेत गरेका थिए। गठन कार्यक्रममा परिसदका केन्द्रीय सचिव सुरेश साह कानू, प्रवक्ता श्रीराम उपाधयाय, कोषाध्यक्ष संजय सरार्फ,प्रदेश न – २ को अध्यक्ष सचितानंद दुबे,वरिष्ठ उपाध्यक्ष भरत सरार्फले शुभकामना दिएका थिए। हिन्दू युवा परिसद बीरगंजको अध्यक्षमा रंजीत कुमार,सचिव सौरव कर्ण, कोषाध्यक्ष पिन्टु साह, सदस्यहरुमा राहुल दास, प्रकाश झा,रामभजन कुमार,अर्जुन मण्डल, बिकी शर्मा, बिकी बैठा, बिबेक कुमार,कुन्दन कुमार,बजरंग श्रीवास्तव, मनीष सराफ,दीपू साह, रेस्मा कुमारी रहेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय