वीरगंज १८ साउन ।
वीरगञ्जमा रहेको यातायात व्यवस्था कार्यालय सवारी तथा सवारी चालक अनुमति पत्रको कार्यालय प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा मातहतमा आएको हो । कार्यालयको प्रदेश नं २ का भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री जितेन्द्र सोनलले आज विहान उद्घाटन गर्नुभएको हो । कार्यलयको उदघाटन गर्दै मन्त्रि सोनलले यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा आएको बताउदै ऐतिहासिक काम भएको उल्लेख गर्नुभयो । संघियता कार्यन्वयनका क्रममा रहेको बताउदै मधेस सरकारको नजिक पुगेको बताउनुभयो । उहाले निकट भविष्यमा प्रदेश २ को नामबारे प्रदेश सभाले निर्णय गर्ने समेत जानकारी दिनुभयो ।
यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा आएपछि कार्यालयबाट उठ्ने ३ सय करोड राजश्व प्रदेशको हुने र त्यसलाई प्रदेशको विकासमा प्रयोग गरिने उहाले बताउनुभयो । राजपा महामन्त्री समेत रहेका मन्त्री सोनलले केन्द्र सरकारसँग समन्वय र संघर्ष दुवै हुने बताउनुभयो । प्रदेश सरकार संगको सम्बन्ध केन्द्र सरकारको रबैयामा निर्भर हुने बताउदै केन्द्र सरकार संघीयताको मर्म विपरित गए संघर्ष गर्न तयार तयार रहेको चेतावनी दिनुभयो । संघीयतामा गएपनि संघीय व्यवस्था सञ्चालन गर्न केन्द्र सरकार हिचकिचाएको उहाको आरोप छ । प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारले पाएको तर, सुरक्षा निकायले समन्वय नगरेको उनको गुनासो छ ।