वीरगंज १८ साउन । पर्साको ठोरी गाउपालिका वडा नं ५ सुवर्णपुरमा स्थानिय यूवाहरुको कुटपिट बाट एक जना गम्भीर घाइते भएका छन् । सुवर्णपुरको शिवचौकका स्थानिय युवाले कुटपिट गर्दा जिराभवानी गाउपालिका वडा नं १ शान्तिटोलका २५ बर्षिय सुनिल चौधरी गम्भिर घाइते भएका हुन् । आफ्नो बच्चाको उपचारका लागि सुबर्णपुर चौकको क्लिनिकमा जानेक्रममा केही युूवाहरुले नियन्त्रणमा लिई कुटपिट गरेका पिडितका बूवा नन्दु चौधरीले बताउनुभयो । गएराती शान्तिटोलमा आयोजित सास्कृतिक कार्यक्रममा शिवचौकका यूवा र स्थानिय यूवा बीच बिवाद भएको र सोही कारण घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घाइते चौधरीको स्वास्थ्य चौकी सेढवामा प्राथमिक उपचार पछि थप उपचारको नारायणी उप क्षेत्रिय अस्पताल बीरगंज पठाईएको इलाका प्रहरी कार्यालय सेढवाका प्रमुख प्रहरी नायब निरीक्षक राजेश चौधरीले बताउनुभयो । घटनामा संलग्न भएको भन्दै प्रहरीले स्थानिय हिरा स्याम्बोलाई पक्राउ गरेका छन भने अन्यको खोजी भइरहेको जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times