वीरगन्ज २० साउन । विश्व हिन्दु परिषद नेपालका सह मन्त्री एव राष्ट्रिय स्वय सेवक संघका वरिष्ठ प्रचारक स्नेह पालले नेपाललाई धर्मनिरपेक्ष बनाई नेपाल आमाको पहिचान नै मेटाउने काम भएको बताएका छन । विश्व हिन्दु परिषद नेपाल पर्साले आईतबार वीरगन्जको गोपाल मण्डलीमा आयोजना गरेका विचार गोष्ठीमा सह मन्त्री पालले यस्तो बताएका हुन । नेपालमा के का लागि राजनितिक भई रहेको छ ? सह मन्त्री पालले भने अहिले नेपालको अस्त्वि खतरामा छ, यहाको भविष्य अन्धकार भएको छ र यहाको पहिचान मिटाउने काम भई रहेको छ । उनले भने नेपाल आमाको पहिचान धर्मनिरपेक्षता होईन केवल हिन्दु राष्ट्र नै हो । नेपाल आमाको पहिचान र अस्त्वि जोगाउन सकेनौ भने हामी माथि श्राप हुने छ जसरी हामी हिन्दु थियौ, हिन्दु छौ र हिन्दु रहन्छौ त्यसैगरी नेपाल हिन्दु राष्ट्र थियो, हिन्दु राष्ट्र छ र हिन्दु राष्ट्र रहि रहन्छ यसका लागि सम्पूर्ण हिन्दुत्व व्यक्ति र हिन्दुवादी संगठन एकजुट भएर सशक्त रुपमा अगाडी बढन आवश्क रहेको औल्याए । उनले भने कसैले आफनो धर्मको प्रचार गरी रहेका छन भने त्यसलाई गर्न देउ, हामी आफनो धर्मको प्रचार गरौ हामीलाई पनि सकैले रोकेका छैन, हिन्दुधर्म परिर्वतन हाम्रै समाजका व्यक्तिहरुका कारण गरेका छन । सह मन्त्री पालले भने जससम्म आफूलाई धनि गरिब, ठूलो सानो, छुवाछुतको भेदभाव हटाउदैन तबसम्म धर्मपरिर्वन गर्ने काम भई नै रहन्छ त्यसैले पहिला आफूमा परिर्वतन ल्याऔ आफूलाई नै हिन्दु बनाउ त्यसपछि सवै आफै हिन्दु हुन्छ । परिषद नेपालका जिल्ला अध्यक्ष ओम प्रकाश साहको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा परिषदका महासचिव जितेन्द्र सिहं, केन्द्रिय सदस्य अरविन्द्र त्रिपाठी, परिषदका जिल्ला सचिव रणबिर कुशवाहा, कोषाध्यक्ष जनक महतो, हिन्दुवादी नेता ओम प्रकाश सिकारीया, देवनाथ उपाध्यक्ष, पंडित पुरुषोत्तम दुवे लगायतले आ आफनो विचार राख्दै सनात्तन धर्मको रक्षा र नेपाललाई पुन हिन्दु राष्ट्र कायम गराउन सम्पूर्ण हिन्दुवादी एक भएर अगाडी बढनु पर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय