,
बिरगंज २४ सावन//

हिन्दू रास्ट्र नेपाल सम्पूर्ण नेपालीहरुको पहिचान रहेको हिन्दू परिसद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले बताए।विस्व सामु सम्पूर्ण नेपालीको पहिचान हिन्दू रास्ट्र केहि निहित नेताहरु एवं बिदेशी रास्ट्रहरुको चलखेलमा नेपाल बाट हटाउने प्रयास गरियो तर परिसद पुनः नेपालीहरुको विस्व सामु रहेको पहिचान स्थापित गराउन लागी परेको बताए। हिन्दू परिसद नेपाल प्रदेश न २ ले आज गोपाल मण्डली बिरगंजमा गरेको एक दिने बिस्तारिक बैठक प्रदेश अध्यक्ष सचितनन्द दुबेको सभापतित्वमा सम्पन भएको थियो।बैठकमा केन्द्रीय महासचिव अनिरुद्ध सिंह,प्रबक्ता श्रीराम उपाध्याय, कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्य रामेस्वर गुप्ता,युवा परिसद केन्द्रीय महासचिव धिरज गुप्ता,प्रदेश न.२ को वरिष्ठ उपाध्यक्ष भरत सरार्फ,महासचिव प्रमोद सिंह,सचिव संदीप साह, कोषाध्यक्ष अंशु कुमार,प्रबक्ता उमेश साह कानू, महिला परिसद अध्यक्ष किरणवाला बर्मा,युवा परिसद अध्यक्ष गुडू सिंह,नारायणी अंचल अध्यक्ष हरेन्द्र बाबा,युवा परिसद बिरगंज नगर अध्यक्ष रंजीत चौरशिया लगायतको उपस्थिति रहेको थियो।साथै बैठकले प्रदेश न.२ को बुद्धिजीवी परिसदको अध्यक्षमा साहेब ठाकुर र युवा परिसदको उपाध्यक्षमा राजकुमार गुप्ता लाई चयन गरेको छ।बैठकले प्रदेश न. २ को आठ जिल्ला मा संगठन बिस्तार, सरसफाई र अन्तर्क्रिया कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय