वीरगंज २३ भदौ ।
पर्सा प्रहरीले ठुलो मात्रामा लागु औषध खैरो हिरोईन सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय वीरगंजबाट खटेको प्रहरी टोलीले विषेश सुचनाको आधारमा वीरगंज महानगरपालिका वडा नं १५ बसर्पाक स्थित ऋद्धि होटलको कोठा नं २०६ मा लागु औषध खैरो हिरोईन ९६६ ग्राम सहित जिल्ला पर्सा सखुवा प्रसौनी गाउपालिका वडा नं २ बस्ने जयराम कुमार राम र सोही ठाउ बस्ने बालेश्वर दास थारुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएको लागु औषध खैरो हिरोईनको मुल्य अन्दाजी ३० लाख रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ गरिएका दुबैजना माथी थप अनुशन्धान भईरहेको पर्सा प्रहरी प्रमुख रेवती ढकालले पत्रकार सम्मोलनमा बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय