बारा ८ असोज
हिन्दू परिसद नेपालको राष्ट्रीय अध्यक्ष संतोष पटेलले विस्व सामु नेपालको पहिचान हिन्दुत्व बाट रहेको बताएका थिए। बारा जिल्लाको सदरमुकाम कलैयामा रहेको प्रसिद्ध एवं ऐतिहासिक श्री सिधेस्वरनाथ महादेव मन्दिर प्रांगणमा भएको युवा तथा बिद्यार्थी भेलालाई सम्बोधन गर्दै सम्पूर्ण नेपालीहरुको साथ एवं सहयोग हिन्दू रास्ट्रको निम्ति आवश्यक रहेको बताउदै आफ्नै मान र सम्मानको लागी कार्य गर्न आग्रह गरेका थिए।परिसदले ५ वर्षमा २५ लाख नेपालीलाई सदस्य बनाउने महान अभियान लिएर अगाडी बढेको छ।साथै शासन व्यवस्था जे होस नेपाल हिन्दू रास्ट्र हुनु पर्छ भन्ने मूल मंत्रको साथ कार्य गरी हाल नेपालको ३०जिल्लामा आफ्नो शाखा एवं संगठन बिस्तार गरी कार्य गरि रहेको छ। हिन्दू परिसद नेपालको केन्द्रिय सदस्य सुकदेव साह कानूको सभापतित्व सम्पन भेलाले हिन्दू बिद्यार्थी परिसद कलैया उप-महानगर कमिटि ११ सदस्यीय र युवा परिसद ९ सदस्यीय गठन गरेको छ।बिद्यार्थी परिसदको अध्यक्ष दीपक कुशवाहा, उपाध्यक्ष कृष्ण कुशवाहा, हरिबाबू मिश्रा, सचिव धीरज कुशवाहा, सहसचिव सोनु कुशवाहा, कोषाध्यक्ष अरुण गिरी,सदस्य हरुमा जयराम कुशवाहा, जितेन्द्र राम,हरिकिशोर मण्डल, राम प्रसाद सोनार र युवा परिसद अध्यक्षमा श्यामबाबू यादव,शैलेश यादव,सचिव अजय यादव,सहसचिव ओमप्रकाश कुशवाहा, कोषाध्यक्ष धरमेष कुशवाहा, सदस्य हरुमा चन्दन यादव,ओमप्रकाश यादव, तुनि पटेल,हरेराम कुशवाहा सहित हिन्दू बुद्धिजीवी परिसद प्रदेश न. २ महासचिव मेघराज पासवान र बारा जिल्ला अध्यक्ष राजिन्द्र गिरी चयन भएका छन। गठन कार्यक्रममा हिन्दू परिसद नेपाल प्रदेश .२ को अध्यक्ष पंडित सचितानंद दुबे,बुद्धिजीवी परिसद प्रदेश .२ अध्यक्ष साहेब ठाकुर,युवा परिसद बिरगंज नगर अध्यक्ष रंजीत चौरशिया,कोषाध्यक्ष पिंटू कुमार साहले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय