बीरगंज १६ असोज ।
राजपाका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन नभए आफ्नो पार्टी आन्दोलनमा जाने बताउनु भएको छ । राजपा पर्साको क्षेत्र नम्बर ४ को “ख” प्रदेशिक निर्वाचन क्षेत्रमा आज सम्पन्न कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद तथा पार्टीका सह–अध्यक्ष कर्णले मधेशका माग पुरा गर्ने सहमति कार्यान्वयनमा सरकारले आलटाल गरेको बताउनुभयो । उहाँले सरकारले तत्काल सहमति कार्यान्वयन नगरे आफूहरुले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिदै सडक आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । जगदीश प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय सह–अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्ण, वरिष्ठ नेता रामचन्द्र पंडित, सचिव राजेश कुमार साह, अमिताव मियाँ, देवानन्द यादव लगायतको सहभागिता रहेको थियो । भेलाले राजपा पर्साको क्षेत्र नम्बर ४ को “ख” प्रदेशिक निर्वाचन समितिको अध्यक्षमा राजेन्द्र प्रसाद चयन गरेको छ । जसको उपाध्यक्षमा हजरत खाँ, सचिवमा रामबाबु पटेल, सहसचिव श्रीकान्त प्रसाद कुशवाहा, कोषाध्यक्षमा मणीप्रसाद चौहान लगायतका रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय