विरगंज,२० मंसिर
संघिय सामाजबादी फोरम नेपाल पर्साका अध्यक्ष एवम क्षेत्र नं.१ का सांसद प्रदिप यादवलाई ठाकुरराम बहुमुखी क्याम्पसले आज भव्य सम्मान गरेको छ । सांसद यादवले सामाजिक क्षेत्र लगायत शिक्षा क्षेत्रमा विशेष योगदान पुरयाए वापत क्याम्प प्रमुख डा.प्रमोद कुशवाहाले दोसल्ला र मायाको चिन्हो प्रदान गरेर सम्मान गर्नुभयो ।
सम्मान ग्रहण गर्दै सांसद यादवले उपत्यका बाहिर देशको पहिलो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसले शिक्षा क्षेत्रमा अमुल्य योगदान पुरयाएको भन्दै यस क्याम्पसका विद्यार्थी देशको प्रधानमन्त्री , मन्त्री सांसद लगायत उच्च पदस्तका अधिकारीहरु समेत भएको दाबी गर्नुभयो । सांसद यादवले ठाकुरराम बहुमुखी क्याम्पस मधेशकै धरोहर भएको बताउदै यसलाई विश्वविद्यालय बनाउन सबै क्षेत्रबाट पहल हुनुपर्ने जरुरी रहेको कुरामा जोड दिनुभयो । सांसद यादवले ठाकुरराम बहुमुखी क्याम्पसको भौतिक पुर्वाधारको बजेटको लागि आफुले प्रधानमन्त्रीसंग पहल गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा सांसद यादवले क्याम्पसलाई २ लाख बराबरको वाटर प्युरि फायर मेसिन समेत हस्तानान्तरण गर्नुभयो । कार्यक्रममा क्याम्पसले रुगंटा वेल फेयर सोसाईटीका कोषध्यक्ष सुरेश रुगटालाई समेत सम्मान गरेको छ ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख रोशन लामिछाने ,हरेराज यादव , रघुनाथ चौरसिया , प्रध्यापक ईन्दुशेखर मिश्रा , देवेन्द्र मिश्रा ,राजदेव कुशवाहा , सुशिल भटराई फोरम नेपालका जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी , पुर्व स्वियु सभापति मुकेश द्विवेदी ,विद्यार्थी नेता निखिल वर्णवाल लगायतको उपस्थिति रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times