वीरगंज २१ मंसिर ।
रामजानकी विवाहपञ्चमी महोत्सवलाई भव्य बनाउन जनकपुरधाममा तयारी तीव्र पारिएको छ ।जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले विवाहपञ्चमीलाई भव्य बनाउन कुनै कसर बाँकी नराखिने भन्दै तयारी तीव्र पारिएको बताएका छन् ।महोत्सव मंसिर २१ गतेदेखि २७ गतेसम्म हुने जनाईएको छ ।मंसिर २१ गते जनकपुर नगर दर्शन, २२ गते फूलवारी लिला, २३ गते धनुष यज्ञ, २४ गते तिलकोत्सव, २५ गते मटकोर, २६ गते स्वयम्बर र विवाह तथा २७ गते रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।विवाहपञ्चमीका लागि जानकी मन्दिरलाई झकिझकाउ बनाइँदै छ । विवाहमा जन्तीका रुपमा सहभागी हुन साधुहरु यसपटक हात्ती, घोडा, उँट लिएर आउने सहायक महन्थ दासले बताए ।विवाहपञ्चमी महोत्सवमा २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।राम जानकी विवाहोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर पाँच सयको संख्या साधुसन्तहरुसहित जनकपुुर आउने बताइएको छ ।
मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजाअर्चनापछि रंगभूमि मैदानमा आयोजना हुने स्वयंवर कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय