राम कुशवाहा
वीरगंज ९ पुस ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा ट्राफिक व्यवस्थापन गर्नु भन्दा पनि आर्थिकोपार्जनतर्फ लागेको खुलासा भएको छ । ड्राईपोट चौक र परवानीपुरमा खटेका ट्राफिक प्रहरीले ओभरलोडको नाममा भारतिय मालवाहक ट्रकहरुबाट अवैद्य रकम असुल गरिरहेका छन ।
अलौमा रहेको एकिकृत जाच“ चौकी भन्सार ( icp ) बाट नेपाल भित्रिने भारतिय ओभरलोड मालवाहक ट्रक हरुबाट ट्राफिक प्रहरीले परवानीपुरचौकमा ओभरलोडको नाममा राजश्व १५ सय नेपालीको रसिद काटी १५ सय भारु असुल गर्ने गरेका छन । परवानिपुरमा खटेका ट्राफिक प्रहरीहरुले गाडी हेरी—हेरी रकम असुलछन, कुनै गाडी संग भारु.१५०० सय लिन्छन भने कुनै गाडी संग भारु. २००० लिने गरेको एक भारतिय ट्रक ड्राईभरले बताए । आईसिपि भन्सार बाट दैनिक ५० देखी ८० ओटा ओभरलोड मालवाहक ट्रक वीरगंज पथलैया औद्योगिक करिडोरका लागी छुटने गरेका छन । ओभरलोड भारतिय मालवाहक ट्रकबाट परवानिपुरमा मात्र ट्राफिक प्रहरीहरुले दैनिक ५ देखी १० हजार सम्म अवैद्य रकम असुलने गरेका छन । ओभरलोडको नाममा उठेको अवैध रकम बाट एक लाखको महिनावारी जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले लिने गरेको र केही रकम मध्य क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय पथलैयाले लिने गरेको श्रोतको दावी छ । त्यसैगरी ट्राफिक प्रहरीहरुले वीरगंज महानगरमा संचालित ई—रिक्साहरुको समिति मार्फत ट्राफिक व्यवस्थापनको नाममा प्रती मासिक रकम असुल गर्ने गरेको छ ।नारायाणी यातायात व्यवस्था कार्यालयबाट वितरण हुने सवारिका साधन चालक अनुमती पत्र वितरणको लागी प्रयोगात्मक परिक्षामा ट्राफिक प्रहरीको ठुलै चलखेल हुने गरेको छ । वीरगंज महानगरको मुख्य नगर क्षेत्रमा हुने ट्राफिक जामको समस्या प्रती ट्राफिक प्रहरी गम्भिर छैन । कार्य क्षेत्रमा खटाईएका ट्राफिक अनुहार देखाउन मात्र बजार क्षेत्रमा जान्छन । सबैको ध्यान रकम उपार्जन हुने ड्राईर्पोट, गण्डक, बसर्पाक,भन्सार, परवानिपुर लगायतको क्षेत्रमा केन्दित पाईएको छ ।ओभरलोडको नाममा उठने गरेको अवैद्य रकम बारे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक राज कुमार सिंह संग बुझदा उहाले यस विषयमा सिडियो साब र एसपी साब संग बसेर छलफल गर्ने बताउनु भयो, तर अवैद्य रकम बारे केही बोल्नु भएन । भर्खरै मात्र आउनु भएका प्रहरी निरिक्षक राज कुमार सिंहले कही ट्राफिक युनिटहरुबाट उठने गरेको अवैद्य रकमले गर्दा गुपचुप छन की ? वीरगंज महानगरको घण्टाघर, माईस्थान, अलखियामठ, भन्सार क्षेत्र, वसर्पाक लगायतका ठाउमा हुने गरेको जामको समस्या सामाधान गर्न अति आवश्यक देखिएको छ । सम्बन्धित निकायको समयमै ध्यान जाओस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय