राम कुशवाहा
वीरगंज १६ पुस ।
वीरगंज स्थित नारायणी रंगशालालाई प्रदेशिक रंगशाला निर्माणको माग गर्दै आज वीरगंजमा मानव सांग्लो बनाई विरोध प्रर्दशन गरिएको छ । नारायणी रंगशालामा भेला भएका विभिन्न राजनैतिक दलका प्रतिनिधी, युवा, खेलाडी, विद्यार्थीहरुको उपस्थ्तिीमा प्रदेश सरकारलाई ध्यानाकर्षण गराउन भन्दै मानव सांग्लो बनाई प्रदर्शन गरिएको हो ।
डिपीआर समेत तयार भइसकेको देशकै दोस्रो ठुलो रंगशाला नारायणी रंगशाला सम्बन्धित निकायको उदासिन्ताका कारण ओझेरमा परेकाले प्रदेश सरकारको ध्यानाकर्षण गराउन प्रर्दशन गरिएको रंगशाला निर्माण संघर्ष समितीले जनाएको छ । कार्यक्रममा नेकपाका विचारी यादव, वसरुद्धीन अन्सारी, नेपाली कांग्रेसका अजय द्धिवेदी, अनिल रुंगटा, राजपाका राजेश मान सिंह, प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय