दक्षिण कोरिया , २२ माघ ।
संघिय सामाजबादी फोरम नेपाल पर्साका अध्यक्ष तथा प्रतिनिधी सभा सांसद प्रदिप यादवले आफुहरु मधेशीको लागि नभई देशभित्रका उत्पीडनमा परेका आदीबासी ,जनजाती ,दलित मुस्लिम लगायतका समुदायको लागि संघर्षरत रहेको बताउनुभएको छ । संघिय सामाजबादी फोरम दक्षिण कोरिया सामाजको तेस्रो अधिबेशनलाई सम्बोधन गर्दै सांसद यादवले यस्तो बताउनुभयो ।
पार्टीको भातृ संगठन संघिय समाजबादी दक्षिण कोरिया समाजकोे निमन्त्रणामा तेस्रो अधिवेशनलाई दक्षिण कोरियामा संवोधन गर्दै सांसद यादवले देशको पिछडिएका समुदाय आदीबासी , जनजाती ,मधेशी मुस्लिम ,दलित लगायतका समुदायलाई फोडेर बर्षौदेखि एकल जाती विशेषका समुदायहरु शासन गरिरहेको आरोप लगाउनुभयो ।
सांसद यादवले उपेक्षित तथा उत्पीडनमा परेका समुदायको हक , अधिकारको लागि पार्टी एकता भएको बताउदै चुनावको बेला बर्षौदेखि शासन गरेका शासकहरु विभिन्न प्रोपोगान्डा फैलाएर फेरि सतामा हाबी भएको बताउनुभयो । वहाले आदीबासी , जनजाती र मधेशी समुदायमा फुट डालेर बषौदेखि शासन गरिरहेको शासकहरुको षडयन्त्र अब युवा पुस्ताले बुझिसकेको बताउदै आदीबासी , जनजाती ,दलित एक भए देशमा एकल जातीय चाडै अन्त्य हुने बताउनुभयो ।
कार्यक्रम संघिय सामाजबादी दक्षिण कोरिया समाजको अध्यक्ष महेन्द्र राईको अध्यक्षतामा सम्पन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय