वीरगंज ८ फागुन ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारले लगानीको वातावरण बनाउन नसक्दा उधोग व्यापार धरासयी बन्दै गएको बताउनु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका देउवाले होटल दियालो लर्ड प्लाजाको वीरगंजमा उदघाटन कार्यक्रममा बोल्दै प्रवातन्त्र बचाउन आफु कहिल्यै पछि नपरेको र लोकतन्त्रमा चौतर्फी रुपमा वार भइरहँदा अहिले सम्म देशलाई नेपाली कांग्रेसले नै बचाउदैँ आएको स्पस्ट पार्नुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आफुहरुले जनताको अधिकारका लागि संघर्ष गरिरहँदा संविधानले दिएको अधिकार स्थापित गर्न नेपाली कांगे्रसका आवश्यकता औँल्याउनुभयो । प्रदेशमा उधोग व्यापार गर्न व्यवसायीलाई सहज हुने नीति नियम प्रदेश सरकारले छिटै नै ल्याउने र यसका लागी गृहकार्य समेत शुरु भइसकेको जानकारी उहाँले दिनुभयो । करिब एक अरबको लगानीमा बनाइएको वीरगंजको आर्दशनगरमा स्थित होटल दियालो लर्ड प्लाजामा ६० ओटा रुम, १ स्विमिगं पुल, रेष्टुरेण्ट, बैंकेट हल रही १५ दिन भित्रमा सचालन हुने होटेलका संचालक अनिल पटवारीले बताउनुभएको छ । नेपाली कांगे्रस नेता एवं पूर्व सांसद अनिल रुगंटाको सभापतित्तवमा भएको कार्यक्रममा पूर्व मन्त्री प्रकाश सरण महत, सांसद प्रदिप गिरी, एनपी साउद, विनोद चौधरि, फरमुल्लाह ंमंसुर, राधेचन्द यादव, नेपाली काग्रसको केन्द्रिय सदस्य रमेस रिजाल, अजय चौरसिया ,नेपाली कांगे्रस पर्साका अध्यक्ष अजय द्धिवेदी लगायतकाले शुभकामना व्यतm गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय