राम कुशवाहा
वीरगंज २२ फाल्गुन ।
नेपालमै पहिलो पटक वीरगंजमा आयोजना गरिएकोे अश्वमेध गायत्री महायज्ञ आज सम्पन्न भएको छ । गत फागुन १९ गते बाट आयोजित महायज्ञको समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले महायज्ञले विश्व शान्ती र समझदारीको भाव संसार भर फैलाउन सफल हुने भन्दै शुभकामना संदेस पठाउनु भएको छ । आफनो अस्वस्थ्थताका कारण उपस्थीत हुन नसकेकोमा दुख व्यक्त गर्दै शुभकामना संदेसमा प्रधानमन्त्री ओलीले मानव सेवा र शान्तीको ध्वनीले राष्ट्र भाव र आध्यात्मिक भाव नेपाल बाट संसर भर छाउने विश्वास समेत व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले पठाउनु भएको शुभकामना संदेसलाई महायज्ञ आयोजन मुल समितिका अध्यक्ष डा उपेन्द्र महतोले वाचन गर्नु भएको थियो । कार्यक्रममा प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु राउतले भौतिकवादी दुनियामा धन प्राप्तका लागी समाज भौतारिएको अवस्थामा अध्यातमिक ज्ञानका लागी गायत्री परिवारले आयोजना गरेको अश्वमेध महायज्ञले समाज परिवर्तनमा महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । मुख्य मन्त्री राउतले अहिले एक राष्ट्र र अर्को राष्ट्र एक जात र अर्को जात एक वर्ग र अर्को वर्ग बिच समाजमा बर्चश्व कायम गर्न होड चलिरहेको बेला सबैलाई एकताको सुत्रमा उनेर शान्तीका र आपसी भाई चाराका लागी महायज्ञले संन्देश प्रवाह गरेको बताउनु भयो । समापन कार्यक्रममा अखिल बिश्व गायत्री परिवार हरिद्वारका अध्यक्ष डा. प्रणब पाण्डेय र शैलेजा दिदीलाई औपचारिक रुपमा विदाई गरी यज्ञ समापनको घोषणा गरिएको थियो । महायज्ञमा सांसद प्रदेश सभा सदस्य नेपाल सरकारका उच्च कर्मचारी पुर्व मन्त्री सांसद लगायत हजारौको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय