बीरगन्ज , चैत १२ गते ।
बीरगन्जमा यही चैत्र १४ गते बिहिवारदेखि सुरु हुने दार्शनिक प्रवचन एव मधुर सर्कितनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् । राधा माधव समितिको आयोजनामा बीरगन्ज बालमन्दिर परिसरमा दुई साता सम्म बिहान साधना र साझ प्रवचन हुने छ । यस आयोजनकोलागि दिव्य प्रवचनकर्ता बृन्दावन वासनी सुश्री श्रीश्वरी देवीजी मंगलवार बीरगन्ज आइसक्नु भएको छ । देवीजीलाइ राधा कुन्जमा साधकहरुले भव्य स्वागत गरेका थिए ।चैत्र १४ गते देखी २८ गते सम्म १५ दिन हुने प्रवचनकालागि आवश्यक मन्च, पण्डाल निर्माण लगायतको सम्पुर्ण तयारी पुरा भैसकोको राधा माधव समिति बीरगन्जका अध्यक्ष सुनिल मल्लीकले जानकारी दिए । प्रवचनमा नारायणगढ, हेटौडा, कलैया, सिमावर्ती रक्सौल वाट दैनिक ४ देखी ५ हजार साधक एव भक्तजनहरु आउने अनुमान गरिएको अध्यक्ष मल्लीकले बताए । बाहिरवाट आउने भक्तजनहरुको लागि आवास र भोजनको निशुल्क व्यवस्था गरीएको आयोजक समितीले जनाएको छ ।भक्तीमार्ग सिद्धान्तका प्रणेता जगतगुरु कृपालु जी महाराज का प्रचारीका सुश्री श्रीश्वरी देवी जीले हनुमत पद्दतीवाट रुपध्यान साधना हरेक दिन बिहान गराउनु हुनेछ । साधनामा मनपरिवर्तन र एकाग्रता साथै श्रवण, अस्मरणको माध्यम द्वारा मनुष्यले भागवत कृपा प्राप्ति कसरी गर्न सक्छन सो बारे धारावाहिक प्रवचन १५ दिन सम्म हुनेछ ।यस अधि १५ वर्ष अघि मुकुन्दानन्द महाराज बीरगन्जमा यस्तै प्रवचन दिनु भएको थियो । १३ वर्ष अघि बीरगन्ज आदर्शनगर वाल मन्दिर नजिक राधा कुन्जधामको निर्माण भएको थियो जस्को समुदघाटन स्वम जगतगुरु कृपालु जी महाराजले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय