वीरगंज १६ चैत्र ।
हिंसा बिरुद्धको साझा अभियान पर्सा जिल्लाको मुख्य पहिचान भन्ने नारा सहित सचेत नागरिकहरुको समुहले आज वीरगंजमा बिरोद्ध प्रर्दशन गरेको छ ।
नारायणी अस्पतालका डाक्टर सच्तिानन्द यादव को कुटाइबाट श्रीमती सुनिता यादवको मृत्यु भएपछि त्यसको बिरोधमा आज बिरगंजमा र्यालि निकालिएको छ । घण्टाघरबाट निस्केको बिरोद्ध रैलीले नगर परिक्रमा गरी पुनः घण्टाघरमा आइ कोणसभामा परिणत भएको थियो । पूर्व साँसद जयप्रकाश यादवको सभापतित्वमा भएको बिरोद्धसभामा सहभागिहरुले डाक्टर यादवलाई सर्वस्व सहित जन्मकैदको माग गरेका छन् । कार्यक्रममा प्रदेशसभा सदस्य करिमा बेगम, डाक्टर सुष्मा तिवारी, रम्भा मिश्र, मुनी श्रीवास्तव, मोनिका सिंह, बृजेश्वर चौधरी, प्रकाश थारु लगायतकाले बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय