वीरगंज, चैत्र २५ – संघीय समाजवादी फोरम नेपाल निकट समाजवादी विद्यार्थी फोरम नेपालले शोमबार विभिन्न माग राख्दै ठाकुर राम बहुमुखी क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।
कलेजमा बढेको भ्रष्टाचारलाई नियन्त्रण, संचालन तथा पठन-पाठनमा आइरहेको समस्यालाई समाधान, प्रशासनिक अनियमितलाई कडै गरि सुधार, परिक्षामा कडाई, क्यान्टिन संचालन, क्याम्पसको आय व्यय सार्वजनिक गर्न, पुस्तकालय व्यवस्थित गर्दै नियमित संचालन गर्नलगयात माग राख्दै विद्यार्थी फोरमले आज क्याम्पस प्रमुख डा. प्रमोद कुशवाहालाई ज्ञापन पत्र बुझाएको हो ।
विद्यार्थी फोरमका ठा रा ब क्याम्पसका ईकाइ अध्यक्ष हरिन्द्र् साहको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलिले क्याम्पस प्रशासनलाई २४ घण्टाको अल्टिमेटम दिंदै मागहरु सम्बोधन गर्न आग्रह गरेको छ । मागहरु सम्बोधन नगरीएक कडा आन्दोलन गर्न चेतवानी समेत दिएको अध्यक्ष साहले बताए ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा समाजवादी विद्यार्थी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष एजाज बाबु रांकी, प्रदेश सदस्य अमित द्विवेदी, रुस्तम अन्सारी, एकाई सदस्य अब्दुल रहमान, नासिर आलम, सरफराज आलम, रणधीर बरनावाल, मन्टु साहलगयातको उपस्थिति रहेको थियो ।