बिरगंज ६ बैशाख ।
वीरगञ्ज महानगरपालिका वडा नं २३ प्रसौनीविर्ताबाट प्रहरीले जलाउन लैजाँदै गर्दा एक महिलाको शव नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं २३ प्रसौनीविर्ताबाट प्रहरीले अन्दाजी २९ बर्षीया अञ्जुदेवीको शव नियन्त्रणमा लिएको हो । पन्नालाल दासकी श्रीमती अञ्जुदेवीको परिवारकै सदस्यबाट हत्या भएको आशंकामा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । अञ्जुदेवीको शव जलाउन सिर्सिया खोला किनारस्थित गैया घाटमा लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । महिलाको श्रीमान पन्नालाल र छरछिमेकका अन्य व्यतिm फरार रहेका छन् । प्रहरीले शव जलाउन गएकामध्ये कृष्ण दास र उमेश दासलाई नियन्त्रणमा लिएको छ । तर प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको भन्दै अहिले कसैलाई नियन्त्रणमा नराखिएको जनाइएको छ । स्रोतका अनुसार उनीहरुले शव जलाउन भारततर्फ लैजादैँ गरेका थिए । तर एम्बुलेन्स चालकले नमानेपछि शव गाउँमै जलाउन खोजिएको थियो । प्रहरीमा खबर पुगेपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले महिलाको शवको पोष्टमार्टम भएपछि मात्रै अञ्जुदेवीको मृत्यु के कारणले भएको भन्न सकिने जनाएको छ । शर्माका अनुसार प्रहरीलाई देख्ने वित्तिकै जलाउन पुगेका व्यतिmहरु शव छोडेर भागेकाले घटना शंकास्पद रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय