राम कुशवाहा
वीरगंज १३ बैशाख ।
सेवाग्राही संग लाईसेन्स बनाईदिन्छु भनेर २८ हजार रुपैया घुस लिईरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको हेटौडाबाट आएको टोलीले दुईजना बिचौलियालाई रंगेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले वीरगंज महानगरपालिका वडा नं १३ नारायणी यातायात व्यवस्था सवारी फाटको कार्यालय बाहिर शिखर ईन्सयुरेन्सको काउण्टरबाट दुवै जना बिचौलियालाई घुस लिएको रकम सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं ९ रानिघाट बस्ने रोशन कुमार रौनियार र बारा जिल्ला करैयामाई गाउपालिका वडा नं ९ बस्ने सुनिल यादव रहेका छन ।अख्तियारको टोलीले निजहरुको साथबाट सेवाग्राही संग लिएको २८ हजार रुपैया नगद, लाईसेन्स, नागरिकता, स्टाम्प, अन्य कागजातहरु नियन्त्रणमा लिएको टोलीमा आएको एक अधिकारीले जानकारी दिए । पक्राउ परेका दुवैजनालाई आवश्यक कार्यवाहीका लागी आजै काठमाण्डौ पठाईने अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय