बीरगन्ज ।
भारतमा उच्च शिक्षा आर्जनकालागि जाने नेपाली विधार्थीहरुको सहजताकालागि बीरगन्जमा आयोजित एजुकेशन सेमिनारमा परामर्श लिन उल्लेखनिय संख्यामा विधार्थीहरु सहभागिता जनाएका छन् । कृष्ण फाउन्डेशनको सहकार्यमा बीरगन्जको होटल भिष्वामा आयोजन गरिएको दुईदिने करियर काउन्सिलिá सेमिनारमा बीरगन्जको विभिन्न कलेज, स्कुलका विधार्थीहरु सहभागि भएका थिए । शनिवार पहिलो दिन १ हजार भन्दा बढी विधार्थीहरुले उच्च शिक्षाका लागि भारतको विभिन्न प्रख्यात कलेज तथा विश्व विधालयको स्टलमा परामर्श लिएको कृष्ण फाउण्डेशनका सुजित कुमार कर्णले बताउनु भयो । भारत सरकारबाट मान्यता प्राप्त विभन्न उच्च शिक्षाका कोष संचालन गर्ने कलेजहरुको सेमिनारमा सहभागिता रहेको कर्णले बताउनु भयो ।
कार्यक्रममा भी आइटि युनिभर्सिटी भेल्लोर , जैन युनिभर्सिटी बेंगलोर , बिएमएस कलेज अफ इन्जिनियरिंग बेंगलोर ,एसआरएम युनिभर्सिटी चेन्नाई ,केआइआइटी भुवनेश्वर , सारदा इन्र्भसिटी दिल्ली , गलगोटिया इन्र्भसिटी दिल्ली , आदित्य इन्जीनियरिá कलेज कोकिनाडा , नागार्जुन कलेज आफं इन्जिनियरिá बैन्गलोर लगायतका शैक्षिक संस्थानको स्टाल तथा प्रतिनिधीले विधार्थीहरुलाई परामर्शका साथै उनीहरुको जिज्ञासा मेटाएका थिए ।
सेमिनारको अन्तिम दिन आइतवार अझै भिड हुन सक्ने आकलन गर्दै आयोजकले जनाएका छन् । पल्स टुको परिक्षा सकिएर बसेका विधार्थीहरकोलागि यस्ता शिक्षा मेलाले अगाडी योजनाबारे मद्दत पुगने सेमिनारका संयोजक सुजित कुमार कर्णले बताउनु भयो । यस्ता परामर्शले विधार्थीहरु कुनै प्रकारको जोखिममा समेत नपर्ने कर्णले बताउनु भयो । दुई दिने शैक्षिक मेलामा बारा पर्सा , रौतहट लगायत मध्यतराईका विधार्थीहरु बढि लाभान्वित भइरहेका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times