राम कुशवाहा
वीरगंज १५ जेठ ।
पर्सा प्रहरीले ८ वर्षिय बालकको अपहरणगरी हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।प्रहरीले वीरगंज महानगरपालिका प्रगतीनगर ३ बस्ने शम्भु साहको ८ वर्षिय छोरा करण साहलाई शुक्रबार अपहरणगरी बारा जिल्ला लगि हत्या गरेको अभियोगमा भारत घरभई वीरगंज महानगरपालिका प्रगतीनगर डेरागरी बस्ने बिकाश शर्मा, जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं ११ बस्ने सिकेन्द्र साह तेली, बारा जिल्ला कलैया खपरपाता बस्ने राम बिनेश महतोलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनृु भयो । पर्सा प्रहरीले राती २ बजे हत्या गरेर फालेको करण साहको शव बारा कलैया उपमहानगरपालिका वडा नं २५ खौराही खोलाको किनारमा फेला परेको जनाएको छ । अपहरणकारी बिकाश शर्मा र सिकेन्द्र साह तेलीले शव देखाएर भाग्न खोजेपछि प्रहरीले चार राउण्ड गोली प्रहार गरेर निजहरुलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी उपरिक्षक रेवती ढकालले बताए । गोली लागी घाईते भएका शर्मा र सिकेन्द्र साह तेलीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुवै जनाको ढाड भन्दा तल गोली लागेको अवस्थामा नारायणी अस्पतालमा प्रहरीको निगरानीमा उपचार भईरहेको पत्रकार सम्मलेनमा पर्साका एसपी रेवती ढकालले जानकारी दिनुभयो । घटनाको बारेमा आफनो प्रतिक्रिया दिदै परिवारजनले प्रहरीको लापरवाहीको कारणले करणको अपहरणको पाच दिन पछि हत्या भएको आरोप लगाएका छन । संन्चारकर्मीहरु संग कुरा गर्दै करण साहका बुवा शम्भु साहले घटनामा पर्सा गम्भिर नभएको कारणले मेरो छोराको पाच दिन पछि हत्या भएको आरोप लगाउनु भयो । पर्सा प्रहरी प्रमुख रेवती ढकालले बच्चाको अडियो क्लिप गरेर हत्याको तिन चार दिन सम्म परिवारजन समक्ष फिरौतीको सम्बन्धमा बागे्रनिड्ड गरेको स्पस्ट पार्नु भयो ।अपहरणकारी विकाश शर्मा संग बालकको बुवा शम्भु साह संग व्यक्तिगत रिसिवीका कारण बालकको हत्या भएको प्रहरी अनुशन्धानमा खुलेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times