वीरगंज,१९ जेष्ठ ।
समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले गरिब तथा दैनिक ज्यालादारी गरेर खानेहरुलाई असर पर्ने गरी खाद्यान्न समाग्रीहरुमा लगाइएको भ्याट कर तत्काल हटाउन मांग गर्नु भएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ को बजेट माथी आईतबार देखि संघिय संसदमा शुरु भएको छलफलमा बोल्दै सांसद यादवले आम जनताको दैनिकी संग जोडीएको खाद्यान्न समाग्रीहरु आँटा र सोयाविनमा लगाइएको भ्याट कर तत्काल हटाउन सभामुख मार्फत अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भएको हो । सांसद यादवले भने सरकारले भनिरहेको छ समृद्ध नेपाल सुखी नेपाली तर सरकारको भनाई र गराईमा धेरै फरक छ आम जनताले दैनिक उपभोग गर्ने खाद्यान्न समाग्रीमा भ्याट कर लगाएर नेपाली सुखी हुदैनन् त्यसकारण आम जनतालाई असर पार्ने त्यस्ता कर हरुलाई तत्काल हटाउन अर्थमन्त्रीलाई आग्रह गर्नु भयो । आँटा र सोयाविनमा लगाइएको करले ठुलाबडाहरुलाई खासै असर पर्दैन जो दैनिक काम गरेर खाने गरिब किशानहरु छन उनिहरुलाई महंगीले दैनिक जिविको पार्जन गर्न समेत अप्ठायारो हुने भएकोले यस्ता कर कुनै पनि हालतमा नलगाउन र तत्काल फिर्ता लिन समेत सांसद यादवले सदनको ध्यानाकर्षण गराएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times