वीरगंज १३ असार ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लाल बाबु राउत गद्दीले दुर्घटना न्युनीकरण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले आज वीरगंजको होटल पुजनमा आयोजना गरेको सडक सभ्यता अभिबृद्धी एंव सवारी दुर्घटना न्युनीकरणमा समुदाय प्रहरी साझेदारी सम्बन्धी एक दिवसीय ट्राफिक प्रहरी तथा सरोकारवालाहरुको सम्मेलनमा मन्तव्य राख्दै मुख्यमन्त्री राउतले ट्राफिक नियम पालना गर्ने सवालमा हामी सवै सभ्य र सचेत भयौ भने धेरै हद सम्म दुर्घटना न्युनीकरण गर्न सकिने बताए । ट्राफिक प्रहरीको सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनु भयो । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सडक मैत्री कानुन नभएकाले सडक दुर्घटनामा बृद्धी भईरहेको बताउनु भयो । सडक सुरक्षालाई प्रभावकारी बनाउन प्रदेश सरकारले सडक मैत्री कानुन बनाउन लागेको जानकारी दिनु भयो ।
प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डिआईजी प्रधुम्न कार्कीले सभ्यताले नै सचेतना जगाउने भएकाले हामी सबै आफै परिवर्तन हुन जरुरी रहेको बताउनु भयो । ट्राफिक नियम केवल ट्राफिकका लागी मात्र हैन यो हामी सबैको लागी हो भन्ने बुझेर मन बचन र कर्मले छातीमा हाथ राखेर ट्राफिक नियमको पालना गरिदिन आग्रह गर्नु भयो । प्रदेश नम्बर २ का ट्राफिक प्रहरी कार्यालय पथ्लैया बाराले आयोजना गरेको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतले ट्राफिक सचेतना बारे आफनो धारणा राखेका थिए । कार्यक्रममा प्रदेश नम्बर २ का ट्राफिक प्रहरी कार्यालय पथ्लैयाका प्रमुख प्रहरी उपरिक्षक योग बहादुर पालले ट्राफिक जनचेतनाका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय