वीरगज २१ साउन ।
अहिले सिमानाकामा कडाई भएसंगै बौलाएका छन् । पर्सा प्रहरीले तस्करी नियंत्रकका लागि विशेष अभियान चलाएपछि तस्कर संग मिलेर काम गर्ने एक फेसबुके पत्रकार लाई समस्या परेको हो । बाहिर जिल्लाबाट पर्सामा अाएर तस्कर संगको भागिदारीमा काम गर्ने ती पत्रकारले अहिले तस्करी निषतेज गर्ने अभियानमा खटिने प्रहरीहरूलाई लक्षित गरि अानलाईन तथा समाजिक संजालमा तथ्यहीन कुरा लेखेर प्रहरीको मनोबललाई कमजोर पार्ने कार्य गरि रहेका छन् ।
पर्सामा प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले कार्यभार सम्हाले पश्चात् प्रहरी कार्यवाही सुधारोन्मुख देखिन थालेको अनुभुति बीरगन्जको नागरिक समाज, व्यवसायी,उध्मीले गरिरहेका छन् । तस्करीपनि नियन्त्रणमा ल्याउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले राम्रो गर्न खोज्दा तस्करी संजालमा रहेका केही पित पत्रकारले तस्करलाई नै फाईदा हुनेगरि प्रहरी विरूद्व खनिने गरेका छन्।
अहिले जिल्लाको क्राईम ब्रान्च टोलीले अाफनो कामले वाहवाही पाएको छ । अपहरणको नाटकलाई पर्दाफास , विभिन्न अपराधीलाई पक्राउका साथै भारत तर्फ निकाशीहुन लागेको ठूलो परिणामको लागू अौषध बरामद जस्ता कार्य गरि क्राईम टोली राम्रो गरि रहेको देखिन्छ ,तर तस्करीमा लागेका पत्रकारले क्राईम टोलीलाई बदनाम गर्ने कार्यमा जुटेका छन् ।
तस्करको मालसमान पक्राउ पर्दा छुटाउन जाने र नेपाल तथा सशस्त्र प्रहरीले समान नछोडदा प्रहरीलाई नै तनाव दिने उदेश्यले समाजिक संजालमा अनाब सनाब लेखने ती पितपत्रकारका बारेमा सशस्त्र प्रहरी भित्र प्राय सबै परिचित नै छन् । सशस्त्र प्रहरीले फट्याईको वेवास्ता गरेपछि अहिले उनी नेपाल प्रहरीमा असल काम गर्नेलाई लक्षित गरि समाजिक संजालमा मानमर्दन गरिरहेका छन् ।
जिल्ला प्रहरी यश संदर्भमा संवेदशिल रहेको जनाएको छ । हुँदै नभएको ,अधार र तथ्यहीन कुरा लेखेर तस्करलाई सहयोग पुर्याउने पत्रकारिताको अाडमा रहेका त्यस्ता व्यक्तिको बिषयमा निगरानी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय