राम कुशवाहा
वीरगंज २४ साउन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले बजार क्षेत्रमा जथाभावी पार्कि· गर्ने २५ ओटा अटो रिक्सालाई कार्यवाही गरेको छ । वीरगंज महानगरपालिका भित्र संचालनमा रहेका अटो रिक्साले बजार क्षेत्रमा अव्यवस्थीत पार्कि· गर्ने, बिच सडक मै रोकेर यात्रु बसाल्ने गरेका २५ ओटा अटो रिक्सालाई कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरिक्षक लालबाबु सहनीले बताउनु भयो । वीरगंजको मुख्य चौक घण्टाघर वरपर जथाभावी ई—रिक्सा पार्कि· गर्ने २५ ओटा ई—रिक्सालाई जिल्ला ट्राफिक कार्यालयमा झिकाई आवश्यक जरिवाना गरी छाडिएको ट्राफिक प्रहरी सहायक निरिक्षक लालबाबु सहनीले बताउनु भयो । घण्टाघरमा ई—रिक्साहरुको लागी जिल्ला ट्राफिक प्रहरी पर्साले स्टैण्डको व्यवस्थापन गरेपनि बिच सडकबाट यात्रु बोक्ने र ओसार्ने काम गर्ने गरेको कारण ट्राफिक जाम हुने गरेको छ । वीरगंज महानगरमा आवश्यक्ता भन्दा बढि ई—रिक्सा संचालनले गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको प्र.स.नि. लालबाबु सहनीले बताए ।वीरगंज महानगर भित्रमा विभिन्न रुट निर्धारण गरी दुई हजार भन्दा बढि ई—रिक्सा संचालनमा रहेका छन । ई—रिक्सा व्यवस्थापनको नाममा दजर्नौ संघ समिति खोलेर व्यवस्थीत गर्नु भन्दा पनि ई—रिक्सा संघ समितिहरुले रकम असुल्ने काम मात्र गरेको ई—रिक्सा चालकहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय