राम कुशवाहा
बीरगंज १५ भदौ ।
चाडबाड भित्रिने क्रमसँगै सिमा क्षेत्रबाट चोरी तस्करी बढन थालेपछि त्यसलाई नियन्त्रण गर्न सिमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले सक्रियता देखाएको छ । बीरगंज भन्सार कार्यालयमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेडक्वाटरको टोली पर्साले आज विहान ४ लाख ७० हजार मुल्य बराबरको भारतीय लत्ताकपडा, हार्डवेयर तथा किराना सामानहरु बरामद गरेको छ । सशस्त्र प्रहरी भन्सार गस्ती टोलीका सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीको कमाण्डमा खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा वीरगंज महानगरपालिका वडानम्बर १६ भकुवा तथा बाईपास सडक खण्डबाट अवैध रुपमा राजस्व छलि भारतबाट भित्र्याईएको सामाग्री बरामद गरेको हो । बरामद गरिएको सामान आजै बिरगंज भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय