राम कुशवाहा
बीरगंज १९ भदौ ।
बीरगंज भन्सारमा खटिएको सशस्त्र प्रहरी भन्सार गस्ती टोलीले अवैध रुपमा राजश्व छलि भित्र्याईएको १ लाख ५१ हजार मुल्य बराबरको भारतीय कपडा तथा किराना सामान बरामद गरेको छ । बीरगंज भन्सार कार्यालय सशस्त्र प्रहरी बल नेपाल नं. १४ गुल्म को गस्ती टोलीले पर्साका विभिन्न नाकाबाट भारतीय कपडा तथा किराना समान भित्र्याई रहेको अवस्थामा गस्ती टोलीलाई देख्नासाथ सामान छाडी तस्करहरु फरार रहेको र बरामद गरिएको सामान वीरगंज भन्सार कार्यलयमा दाखिला गरिएको सशस्त्र प्रहरी उपरिक्षक अमर खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय