बीरगंज १९ भदौ ।
जिल्ला प्रशासन कार्यालय, बाणिज्य कार्यालय, जिल्ला प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलिन टोलीले आज वीरगंजको रानीघाट स्थित गणेश पुस्तक पसलमा छापा मारेको छ । गणेश पुस्तक पसलले व्यवसाय सम्बन्धी कागजात बाणिज्य कार्यालयबाट नलिएको र उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही अगाडी बढाउन २४ घण्टा भित्र वाणिज्य कार्यालयमा आवश्यक कागजात सहित उपस्थित हुन निर्देशन सहितको पत्र काटिएको छ । छापमारी टोलीमा वाणिज्य कार्यालयका प्रमुख ओम नारायण नापित सहित छापामारी टोलीमा वीरगंज उद्योग वाणिज्य संघका मनोज दास, जिल्ला प्रहरीका ज्ञान बहादुर श्रेष्ठ, जिल्ला प्रशासनका भक्त कुमार क्षेत्री, विरगंज महानगरपालिकाका विपिन कुमार लाल दास, गुणस्तर तथा नाप तौलका दिलिप खंग लगायतको सहभागिता रहेको स्थानिय सम्वाददाता मृत्युन्जय साहले जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times